काठमाण्डौ उपत्यकामा एकैदिन ६९६ जनामा कोरोना संक्रमण

२६ भदौ, काठमाडौं । सरकारले हिजो बाट केही खुकुलो सहित निषेधाज्ञा खुलाएपछि आज काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

आजै देशभरमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।