लाईसेन्स नविकरण भाद्र २८ गते आइतबारदेखि सूचारु

२५ भदौ, काठमाडौं । लामो समय देखि रोकिएको लाईसेन्स नविकरण भाद्र २८ गते आइतबारदेखि संचालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने जनाउको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले आज बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो ।

अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित रहने सूचनामा उल्लेख छ ।