निषेधाज्ञा खुकुलोसहित खुलेको बजार र सवारी साधनको चाप

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भाद्र ४ गतेबाट लगाइएको निषेधाज्ञ आजबाट खुकुलो बनाउँर्दै जोर विजोरका आधारमा सवारी चल्न थालेका छन् ।

सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् । निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी चाप बढेको छ । सडकमा मान्छेहरुको समेत भिडभाड नै देखिन्छ । व्यापार व्यावसाय समेत खुल्ने भएपछि मान्छेहरुको चलहपहल हुने नै भयो । तर सबैले कोभिड–१९ को स्वास्थ्य मापदण्ड अपनाएर काम गर्नु पर्ने हुनेछ ।