नेककिपा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

भक्तपुर, २० भदौ । नेपाल मजदुर किसान पार्टीका नेता तथा भक्तपुर १ बाट निर्वाचित सांसद प्रेम सुवाल कोरोना मुक्त भएका छन् । सांसाद सुवाले यही भदौ १५ गते आफूलाई कोरोना भयो की भनेर शंका लागेर परीक्षणका लागि स्वाब दिएका थिए । आज शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना रिर्पोट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका छन् । सांसद सुवालको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।