ललितपुर महानगरपालिका भित्र भोलि बिहान ४ बजेदेखि राती १० बजेसम्म कर्फ्यू

१८ भाद्र, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र भोलिी शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको ललितपुर प्रशासनका सूचना अधिकारीले बताएका छन् ।

अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो ।

आज बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कर्फ्यू लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

 

‘कर्फ्यू बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम हुन्छ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘ललितपुर जिल्ला पूरै भन्ने हैन ।

विशेष गरी रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्थानीयहरू सयौंको संख्यामा निस्केपछि स्थिति काबुबाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो ।

कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि हुन दिइँदैन । प्रेस, कूटनीतिक नियोग, सरकारी सवारीहरूलाई आवागमनमा बाधा पर्ने छैन ।