बागलुङ पहिरोमा बेपत्ता भएका मध्य १३ को शव पहिचान चार जनाको खुल्न बाँकी

१८ भाद्र, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका बोबाङमा गएको पहिरोमा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको बताइएको छ । खुल्न नसकेको ४ जनाको शव फेला परेको छ । भरखरै प्राप्त जानकारी अनुसार ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका १३ जनाको शव प्राप्त गरी पहिचान भएको छ । जसमा ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् । त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर, उनको छोरा नाम नखुलेको ६ वर्षीया बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन् ।

त्यस्तै पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०–३२ वर्षको पुरुषको शव फेला परेको छ । त्यस्तै ढोरपाटन–५ बुडाथोकस्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा अन्दाजी ३०–३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए । त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०–२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२–१३ का पुरूषको शव फेला परेको प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी जानकारी दिए । ति शवको सनाखत हुन सकेको छैन । प्रहरीको टोली भखरै मात्र घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले सख्या बढ्न सक्ने अनुमान लगाइएको छ ।