त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट २ को मृत्यु

१७ भाद्र, काठमाण्डौ । कोरोना भाइरसका कारण मर्नेहरुको संख्या बृद्धि हुदै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको अनुसार ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।

 

थपलियाका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् ।

सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।