त्रिवि अन्तर्गतका परीक्षा संचालन बारे निर्णय लिन डिन कार्यालयलाई जिम्मा

१५ भदौ, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले सेमेष्टर परीक्षाको जिम्मा सम्बन्धित डिन कार्यालयलाई दिने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

तत्काल परीक्षा सञ्चालन हुन नसक्ने भएपछि डिनहरूले अर्को सेमेस्टरको अनलाइन परीक्षा सुरु गरेका छन् ।

व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले मातहतका सम्पूर्ण क्याम्पस प्रमुख, विभागीय प्रमुख र निर्देशकहरूलाई यसअघि नै परिपत्र गरिसकेका छन् । परिपत्रमा स्थिति सहज भएपछि परीक्षा सञ्चालन गर्ने गरी अनलाइन कक्षा सञ्चालन गरिने उल्लेख छ ।

वार्षिक परीक्षा भने दशैंपछि मात्रै लिने निर्णय भएको त्रिविका परीक्षा नियन्त्रक जोशी बताउँछन् ।