शनिबार नेकपा सचिवालय बैठक बस्ने

९ भदौ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आउदो शनिबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज मंगलबार भएको भेटवार्तामा भाद्र १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

कार्यदलले अध्यक्षद्धयलाई गएको शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।