विवाद समाधान समितको कार्यदलद्धारा नेकपा अध्यक्षद्धयलाई प्रतिवेदन पेश

६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो प्रतिवेदन आज शनिबार बुझाएको छ ।

महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको हो ।

सो गठित ६ सदस्यीय कार्यदलमा प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल, अरु तीन जना पार्टीका स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् ।

सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ ।

यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।