अन्तत नेकपा एमाले दर्ता भएर छाड्यो

काठमाडौं, ४ भदौ । केही महिना अघि एक महिलना नेतृको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता प्रक्रियाका लागि नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको नेकपा एमाले दल निर्वाचन अयोगले दर्ता गर्ने निर्णय गरेको छ ।

आयोगले नेकपा एमाले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिएका छन् ।

अब एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ । दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयजना भन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणि गरेपछि आयोगको बैठकले एमालेलाई दर्ता गरेको हो ।

आयोगले मागअनुसार एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ ।

अब केही दिनभित्रै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ ।

तर केही समय अघि सत्तारुढ नेकपा भित्रको विवाद पनि प्रधानमन्त्री योजनामा सो दल नेकपा दर्ता गर्न थालिएको आवाज समेत उठेको तर पछिल्लो चरणमा नेकपामा विवादको गाँडो फुक्दै गएपछि त्यो आवाज साम्य भएको बेला अजा एकाएक फेरि नेकप एमाले दल निर्वाचन आयोगमा दर्ता भएको छ ।