छैन तिजको रमझम, घरभित्रै बसी रमाईलो गरौं

४ भदौ, काठमाडौं । यसपालि तीजको रौनक त्यति देखिएको छैन । एक त कोरोना भाइरसले मानिसलाई त्रास र भयवित बनाइरहको बेला काठमाण्डौं उपत्यका लगायत धेरै जिल्लामा निषेधाज्ञ लगाइएकाले पनि तिज छायाँ परेको हो । यति बेला त उपत्यका लगायत धेरै ठाउँमा तिज कार्यक्रमका गित र अन्य रमाइला कार्यक्रममा दृश्यले रौनक बनाएको हुन्थ्यो । तिज बिशेष गरेर महिला दिदीबहीनीहरुको चाँड भएकाले महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त हुन्थे । छोरी बेटीहरु माइत जाने र आउने रमाइलो दृश्य समेत देखिन्थ्यो । गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक संघसंस्था, बिद्यार्थी तथा अन्य समुदायले गच्छेअनुसार तीज पर्व मनाउँथे र महिलालाई दर खुवाउँथे र ठाउँठाउँमा तिज गितका भागा घन्काएर नाजगान मनाइरहेका हुन्थे ।

तर यसपालिको तीज पर्व खल्लो र घरभित्र बसेर जाने भएको छ । । कोरोना संक्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् । त्यसैले संस्कृति फेरि पनि अर्को वर्ष आउँछ तर मान्छेको जिवन गएपछि फेरि आउँदैन सबैले सरकारले कोरोना निस्तेजका लागि लगाइएको निशेधाज्ञलाई पालना गरी घरभित्रै बसी तिज पर्व मानाऔं । स्वास्थ्य सचेतना अपनाई सामाजिक दुरी कायम गरी रमाईलो गरौं ।