देशभरमा ५८१ जना कोरोना संक्रमिण थपिदा काठमाण्डौं उपत्यकामा १६८ जना

१ भाद्र, काठमाठौ । आज देशभरमा ५८१ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४–४ जना, धनुषा र जुम्लाका ३–३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २–२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १–१ जनामा पनि संक्रमण देखिएको छ ।

११३ जना आईसीयूमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ६३९ जना संक्रमित आइसोलेसनमा छन् । उनीहरुमध्ये ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा छन् ।

सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५९ र प्रदेश २ मा ४१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश १ र गण्डकीमा एकएक जना र प्रदेश ५ मा ११ जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।