बार्साद्धारा प्रशिक्षण सेटिएनलाई बर्खास्त

एजेन्सी

१ भाद्र, काठमाठौ । केही दिन मात्र च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग बार्सिलोना ८–२ को गोलले लज्जास्पद हारपछि ६१ वर्षीय बार्सिलोना प्रशिक्षक सेटिएनलाई बार्सिलोनाले बर्खास्त गरेको छ । जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाइएको थियो । तर उनले स्पानि ला लिगा र च्याम्पियन्स लिग दुवै जिताउन सकेनन् ।

बार्सिलोनाका प्रशिक्षक वफसेफ मारिया बार्तामेउले सेटिएन बाहिरिएको टेम्पो डि जुएगासँगको कुराकानीमा बताएका हुन् । उनले भनेका छन्, ‘सेटिएन इज आउट ।’

यसबारे क्लबले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।

अब सेटिएनको स्थानमा नेदरल्याण्ड्सको प्रशिक्षक रोनाल्ड कोएमन, टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो र अल शादका मध्ये एक जना प्रशिक्षक बन्ने चर्चा छ ।

कोएमन बार्सिलोनाका पूर्व खेलाडी समेत हुन् । यस्तै पोचेटिनोले ला लिगाकै स्पानयोलको प्रशिक्षण सम्हालिसकेका थिए । जाभी पनि बार्सिलोनाका पूर्व मिडफिल्डर हुन् ।