म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिया यूरोपा लिगको फाइनलमा

१ भाद्र, काठमाठौ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिया युरोपा लिगको फाइनलमा प्रवेश गरेको
छ । आइतबार राति जर्मनीमा भएको पहिलो सेमिफाइनलमा सेभियाले युनाइटेडलाई २–१ गोलले हराएको हो ।

खेलमा अग्रता भने युनाइटेडले खेलेको नवौं मिनेटमा लियो । मार्स्कोस रास्फोडलाई सेभियाका डिएगो कार्लोसले फल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गरे ।

२६ मिनेटमा सेभियाले बराबरी गोल फर्कायो। उसका लागि फरवार्ड सुसोले गोल गरेका थिए ।

त्यसपछि युनाइटेडले अग्रता लिन पाएका केहि अवसरमा सेभियाका गोलकिपर यासिन बाधक बने। उनले मार्टियलको केहि प्रहारलाई बिफल पारिदिए ।

खेल सकिन १२ मिनेट बाँकी छदा सेभियाले खेलमा अग्रता लियो । उसका लागि लुक डे जोङले गोल गरे । लुकलाई गोल गर्न जेसस नाभाले क्रसमार्फत पास दिएका थिए ।

अब उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा हुनेछ । त्यसअघि सोमबार दोस्रो सेभिफाइनलमा शख्तर र इन्टरमिलानबीच खेल हुँदैछ । खेलको विजेताले उपाधिका लागि सेभियासँग प्रतिस्पर्धा गर्नेछ ।