देशभर ४६८ जनामा कोरोना भाइरसका संक्रमिण थपिता काठमाण्डौ उपत्यकामा ९८

३१ साउन, काठमाडौं । आज देशभर ४६८ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।

यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

आज कहाँ कति थपिए ?

मुलुकभर आज कोरोना भाइरसका ४६८ थपिदा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।

यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११–११ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९–९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५र५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३–३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २–२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पीसीआर टेष्ट ५ लाख नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गरिएको
छ । यससँगै नेपालमा पीसीआर टेष्ट ५ लाख नाघेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।