सुटकेसभित्र टाउको बिनाको शरीर

२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने सुटकेस भन्दा पर तीन सय मिटर टाढा भेटिएको छ ।

शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको थियो ।

घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसहितको सुरक्षा परिचालन गरिएको छ ।

शवलाई शव बाहनमा राखेर पोष्टमार्टम गर्न पठाइएको छ ।