पहिल्लो २४ घन्टामा २५९ जना कोरोना भाइरसका संक्रमित थपिए

२० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् ।

कहाँ कहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् ।

यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३र१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७र७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ ।

गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २–२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।