पत्रकार तथा सामाजिकयन्ता जयबहादुर रोकायाको असामायिक निधन

१८ साउन, काठमाडौं । कर्णाली प्रदेशको हुम्ला जिल्लाबाट पत्रकारिता क्षेत्रको माध्यमबाट जनताका समाचारका सुशूचित गर्दै आएका नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ पूर्व कन्द्रीय सदस्य जयबहादुर रोकायाको असामायमै निधन भएको छ । पत्रकार रोकायाले पञ्चायती व्यवस्थाको कालरात्रीको कठोर समयमा सचेतनाको बिगुल फुक्ने पत्रिका बेन्नुको प्रकाशनकालदेखि पत्रकारिता आवद्ध भई कर्णालीका एक व्यावसायीक सिर्जनशील, उर्जाशील र खोज पत्रकारिताको माध्यमबाट कर्णालीको हुम्लालाई राष्ट्यिस्तरमा चिनाउने हुम्ली पत्रकारिताका गुरु, सामाजिक अभियन्ता, हुम्ली कम्युुनिष्टका अगुवा लगायत विभिन्न क्षेत्रका अगुवा सर्जक जयबहादुर रोकायाको ६५ वर्षको उमेरमा हिजो साउन १७ गते असामयिक निधन भएकोले सम्पूर्ण हुम्ली तथा पत्रकारिता क्षेत्रलाई अतुलनीय क्षति भएको छ ।

पत्रकार रोकायाले कर्णालीको साझा आवाजको रुपमा प्रकाशन हुने बेन्नु पत्रिकामा आवद्ध भइ जेवी प्यासीको रुपमा लेख रचना प्रकाशन गरेका थिए । २०२४ सालपछि कर्णलीका जागरुक युवाहरुको समुहले शुरुवात गरेको बेन्नु पत्रिकाको कोर टिममा सहभागी भएर पत्रकारिताको माध्यमबाट आफु र आफ्नो समाजलाई सचेत बनाउनुका लागि ठूलो र कठिन संघर्षले नै हुम्लामा पत्रकारिताका शुरु गरेका थिए । सामाजिक सचेतनाका अग्रज र व्यवासायीहरुको साझा मञ्च उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष जस्ता विभिन्न पदहरुमा रहेर प्रगतिशील समाजको निर्माणका लागि करीब एक वर्ष जेल बसेका रोकायाको प्रगतिशील र फरक विचार रहेको मान्छे हुनुहुन्थ्यो ।

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सस्थापक अध्यक्ष, उद्योग वाणिज्य संघ, हुम्लाका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य, स्नोल्याण्ड एकीकृत विकास केन्द्रका एक संस्थापक, रेयुकाईका संस्थापक अगुवा, कर्णली पहिलो दर्ता पत्रिका पत्रिका हिमाली मुस्कान मासिकका व्यवस्थापक लगायत विभिन्न क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो ।

स्वर्गीय पत्रकार रोकाया विद्रोही, स्वाभिमानी, सरल, पगतिशील र सादा जीवन उच्च विचारका धनी रोकायाले हुम्लीलाई नयाँ बाटोमा लाग्न सिकाएको हुम्ली जनसमुदायका साथै उहाँ सँगै पत्रकारिता गरेका पत्रकारहरुको अनुभव रहेको छ ।

अचानक पक्षधातले बिरामी परेका रोकायालाई त्यही पक्षघातकै रोगले हाम्रो सामुबाट सधाका लागि अलग हुनुभएको छ । पत्रकार रोकायाको निधनपछि नेपाल पत्रकार महासंघ हुम्ला शाखाको बैठक बसी शोक प्रस्ताव समेत पारित गरेको छ । साथै सोही बैठकले स्वर्गीय पत्रकार जयबहादुर रोकायाको नाममा अक्षय कोषको स्थापना सहित पत्रकारिता पुरस्कारको स्थापना गर्ने नेपाल पत्रकार महासंघ हुम्ला शाखाले बताएको छ ।
रोकायाले पत्रकारिता क्षेत्रबाट नभएर अरु बिभिन्न क्षेत्रबाट समाजलाई चिनाउने र जनताको सेवामा हरदिन लागि परेका थिए । हुम्लाको सवालमा हरेक कोणबाट उनलाई पत्रकारिता जगतको गुरु मात्र नभएर सामाजिक अभियान्ताको गुरुको रुपमा समेत लिने गरिन्छ । थुप्रै सामाजिक संघसंस्थामा आवद्ध भएर हुम्ली जनताको जिवनस्तर उकास्नमा पत्रकार रोकायाकोे उल्लेख्य कदम रहेको छ ।

पत्रकारिता क्षेत्रबाट कान्तिरि दैनिकका साथै विविसी साझा सवाल र अन्य रेडियो स्टेशन, टेलिभिजनबाट समाचारको माध्यमबाट सत्यतथ्य समाचार सम्प्रेषण गरेर समग्र पत्रकारिता क्षेत्रमा उदाहरणीय पत्रको रुपमा स्थापित हुनु भएको पत्रकार रोकायाप्रति हाद्र्धिक श्रद्धासुमनका साथै परिवारजनप्रति समवेदना प्रकट गरिन्छ ।