जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

१७ साउन, काठमाण्डौ । लकडाउन खुलेसँगै कोरोना भाइरसका संक्रमित पनि बढ्ने क्रम जारी रहेको छ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफ्नो फेसबुकबाट जानकारी दिने क्रममा आफूमा पनि कोरोना भारइसको संक्रमण पुष्टि भएको बताएका छन् ।

’मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन । म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन् । साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन् ।

उनले पछिल्लो समय वीरगन्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध समेत गरेका छन् ।