माक्स नलगाउनेलाई एक सय जरिवना

१६ साउन, काठमाडौं । लकडाउन खुलासँगै बढ्न थालेको कोरोना संक्रमणको ध्यान राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गराउन थालेको छ ।

मास्क नलगाई हिँडेको पाइए संक्रमण रोग ऐन २०२० को दफा (२) बमोजिम एक सय जरिवाना लिन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

‘पहिले त हामीले मास्क नलगाई हिँड्नेलाई केही समय होल्ड गरेर सम्झाई–बुझाई गरेर पठाउने गरेका थियौं । धेरैले लापरबाही गरेपछि रसिद नै छापेर कारबाही अगाडि बढाएका हौं ।

पहिलो लटको एक हजार पत्र रसिद सकिएर अर्को हजारप्रति रसिद प्रहरीलाई दिइसकिएको जाकारी दिए ।

सर्वसाधारणले अझै लापरबाही गरे संक्रमण रोग ऐन २०२० अनुसार कैद समेत गर्न सकिने छ ।

सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाहिर हिँड्डुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने नियम लगाएको छ ।