काठमाण्डौं प्रवेश गर्ने नाकामा प्रवेश गर्ने यात्रुहरुको स्वाब संकलन पछि २४ जनामा कोरोना पृष्टि

१५ साउन, काठमाण्डौ । काठमाडौं नाकामा प्रवेश गर्ने यात्रुहरुको संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।