काठमाडौं । पूवी देशतिर भएको युद्धका कारण नेपालमा पेट्रोलियम पदार्थको मुल्य बढ्ने क्रम जारी छ । पटक पटक बढ्दै आएको पेट्रोलियम पदार्थको मुल्य नेपाल आयल निगमले फेरी बढाएको छ । निगमले आजदेखि लागु हुने गरी डिजेल मट्टितेलमा प्रति लिटर ३० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।
मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा डिजल, मट्टीतेल प्रतिलिटर २३७ पर्ने भएको छ । निगमले मूल्य समायोजन पछि पनि डिजलमा प्रति लिटर ९९.१६ रुपैयाँ घाटा रहेको जनाएको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ५ रुपियाँले बढेको छ ।
निगमले यो समायोजन पछि निगमलाई पाक्षिक रूपमा ५ अर्ब ७५ करोड घाटा रहेको बताएको छ । निगमले पेट्रोल र एलपी ग्याँसको मूल्य भने यथावत् राखेको छ ।

