आज देशैभर मतदान हुँदैछ । यसै क्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक ‘प्रचण्ड’ले आफ्नो गृहजिल्ला चितवनबाट मतदान गरेका छन्।
उनले चितवन क्षेत्र नम्बर ३ को भरतपुर–१४ शान्तिपुर स्थित नेपाल प्रहरी विद्यालय(क)केन्द्रबाट मतदान गरेका हुन्। यो निर्वाचनमा उक्त क्षेत्र नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल उम्मेदवार छिन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेबाट शंकर थपलिया, राप्रपाबाट दिपक थापालगायत उम्मेदवार छन्। संयोजक प्रचण्ड चितवनमा मतदान गरेलगत्तै आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने कार्यक्रम छ ।

