Breaking News

गजुरेलसहितको कारवाही फिर्ता लिन प्रचण्डसँग झलनाथ खनालको माग

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाएका गजुरेलसहित ७ नेतालाई नेकपाले शनिबार अनुशासनको कारबाही भन्दै पार्टीबाट निकालेको छ।

यस विषयमा सोमबार नेता खनालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी तत्काल कारबाही फिर्ता लिन आग्रह गर्दै अन्यथा एकीकरण प्रक्रिया पूरा नहुँदै नेकपा भत्किने खतरा रहेको चेतावनी दिएका हुन्।

‘यदि यो नेपाली कम्युनिस्ट पार्टीलाई सच्चा कम्युनिस्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो, यसबारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन, सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु। अन्यथा एकीकरण भइनसक्दै विशृंखलतातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ’, खनालले लेखेका छन्।

उनले आमनिर्वाचन २०८२ सन्निकट रहेको, मुलुकविरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीको घोर षड्यन्त्र चलिरहेको, जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेको दोहोर्‍याएका छन्।

उनले भनेका छन्, ‘कम्युनिष्टहरू एकताबद्ध हुने प्रयत्न भइरहेकामा यसलाई बल पुर्‍याउनुको सट्टा एकीकरण घोषणा भएको लामो समयपछि पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र नै नेतृत्वदायी कमिटी नै बनेर संस्थागत निर्णय प्रक्रिया विकसित हुन सकेको छैन।’’

उनले लेखेका छन्