नेकपा एमाले नेता गोकुल बास्कोटाले सामाजिक संजाल फेसबुकमा स्टाटेड लेख्दै भनेका छन्, नेपाली कांग्रेस र नेकपा एमाले मिलेर चुनाव लड्ने भए किन समानुपातिकमा नबस्न पर्र्यो र ? त्यसैले ति नेताले समानुपातिकमा बस्तु भन्दा प्रत्यक्ष चुनाव लगे भैगो नि त । बास्कोटाले आफ्नै दलका नेता तथा उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई कटाक्ष गर्दै यस्तो लेखेका छन् ।
‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो। अझ तिनै रूख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रूख–सूर्य मिलेपछि चुनाव लडे भयो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले। समावेशिताकै बेइज्जत नगर के– त्यो पनि पुरूषले ?

