Breaking News

सुदूरपश्चिमले काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य

३ मंसिर, काठमाडौं । एनपिल दोस्रो सस्करणको खेल कीर्तिपुरमा जारी छ । आज सुदूरपश्चिम भर्सेज काठमाडू गोर्खाजको रहेको थियो । सो खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै काठमान्डू गुर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।

कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए ।
काठमान्डु गोर्खाजले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।