Breaking News

मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या

काठमाडौँ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ । नगर प्रमुख राजेन्द्र प्रसाद यादवले यसबारे पुष्टी गरे ।

नगर प्रमखु यादवका अनुसार शुक्रबार साँझ उनीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । उनी स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित भएका थिए । यसबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।