काठमाडौँ । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त भएकी छन्। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
उनको ठाउमा सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको छ ।
प्रमुख भण्डारी मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति र शपथ विवादमा परेकी थिइन् । बिरामी भएँ भनेर जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान सिन्धुलीको एक होटलमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् ।

