Breaking News

जेनजी आन्दोलनबाट बन्द भएको सिंहदरबार झिर्ने गेटपा आजबाट सुरु

गएको भाद्र २३ र २४ को जेनजी आन्दोलनबाट तोडफोड र आगजनी पछि बन्द रहेको सिंहदरबारको गेट पास आजबाट पुनः सुरू गरिएको छ।

सिंहदरबारको दक्षिण गेटबाट दिँदै आएको गेटपास आज आइतबारदेखि पुनः दिन थालिएको हो।

यसबीचमा अत्यावश्‍यक गेटपासहरू नयाँ प्रणालीबाट सुरक्षाकर्मीहरूले बेञ्च राखेर दिने गरेका थिए।

तर, भवन भित्रका संरचनाको सामान्य मर्मत सम्भारपछि पुरानै प्रणालीबाट गेटपास दिन सुरू गरिएको हो।

पहिले मन्त्रालयअनुसार विभिन्न झ्यालबाट सर्वसाधारणको लागि गेटपास दिने गरिएको थियो। आजबाट भने एउटा झ्यालबाट मात्रै सबै मन्त्रालयको गेटपास दिन सुरू गरिएको हो।