कामठाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । नेकपाले भृकुटीमण्डमा दिउँसो १ बजे प्रदर्शनसहितको जनसभा गर्ने भएको हो ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पु¥याउने उद्देश्यले सभा गर्न लागिएको नेकपाले जनाएको छ ।
सुन्धाराबाट १२ बजे सुरु हुने र भृकुटीमण्डपमा पुगेर जनसभामा परिणत हुने जनसभालाई विप्लव लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

