काठमाडौँ । जेनजी प्रदर्शनबाट सत्ताबाट बहिर्गमन हुन पुगेका ओली धेरै समय गुमगाम नै बसे । आजसम्म यस बारेमा पार्टीको आधिकारिक धारणा समेत दिएको छैन । एमाले नेताहरुले सामाजिक संजालबाट आफ्ना धारणा राखेपनि आधिकारिक धारणा भने आएको छेन । एमाले अध्यक्ष केही दिन अघि गरेको पत्रकार सम्मेलनमा बोले पनि जेनजी आन्दोलनलाई न समर्थन गरे न मृतकलाई श्रद्धाञ्ली दिए न घाइतेहरु भेटन नै गए । बरु उल्लै यो सरकार हिंसाबाट आएको र जेनजी आन्दोलनलाई स्वीकार गरेका छैनन् । यसै सन्दर्भमा पार्टीको धारणा राख्न आज सचिवालय बैठक बस्न लागेको छ । अध्यक्ष ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बोलाएका छन् ।
बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

