Breaking News

रौतहटमा सुटकेश भित्र कोटेर राखिएकी मृत महिलाको पहिचान

रौतहटको मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश डोरीले बाँधिएको अवस्थामा भेटिएपछि रातभरि प्रहरीले रुँगेर बसेको थियो। बिहानपख सुटकेस खोलेर हेर्दा एक महिलालाई डोरीले बाधेर सुटकेस भित्र कोचिएर राखिएको थियो । मृत महिलाको प्रहरी सनाखद पछि पहिचान खुलेको छ।

मृतक महिला रौतहटकै माधवनारायण नगरपालिका–६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साह रहेको खुलेको छ।

मृतककी आमा र दाइले शवको सनाखत गरेका थिए ।

मृतकको घर भारतको मुजफ्फरपुर रहे पनि उनी चार वर्षदेखि माइतीघर रौतहटमै डेरा लिएर बस्दै आएकी थिइन्।

माइती माधवपुर भए पनि उनी छोरा पढाउन भनेर गौर नगरपालिका–२ महादेवपट्टि बस्दै आएकी थिइन्। उनको श्रीमान भने भारतमै छन्।

ुश्रीमान पनि भेटिइसकेका छन्। घर परिवारमा पनि राम्रै रहेको भन्ने खुलेको छ। बाँकी अनुसन्धान भइरहेको छ, प्रहरीले बताएको छ ।

सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको घाँटीमा डोरी र सलले बाँधिएको थियो। उनको नाकमा रगतका धब्बाहरू पनि छ।

शवको प्रकृति हेर्दा महिलाको हत्या शुक्रबार दिउँसो मात्रै भएको जस्तो देखिने अनुमान प्रहरीले बतायो ।