काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका
छन् । संघको ९औँ महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
सुरुमा एमाले निकट प्रवासी नेपाली मंचका अध्यक्ष केदार ढुंगानाले अध्यक्ष पदका लागि दाबा गरेका थिए । तर पछि उनले उम्मेदवारी दर्ता नगरेपछि श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
त्यस्तै नयाँ कार्यसमितिमा अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र भुजेल थापा, उपाध्यक्ष खुलामा जमुना देवी सापकोटा, दिपक बस्नेत उपाध्यक्ष (महिला) मालती पन्त, उपाध्यक्ष (क्षेत्रीय) देव राज सापकोटा चयन भएका छन् ।
त्यसैगरी, महासचिवमा नविन घिमिरे, उप–महासचिव सुबास बहादुर बिष्ट, सचिव (खुला) गणेश राज अधिकारी, प्रविन लोहार, सचिव (क्षेत्रीय) दिलकुमारी तामाङ (मड्रिड) र नवराज दुवाडी (कोस्टा ब्लांका), कोषाध्यक्ष नारायण प्रसाद सुबेदी, सह–कोषाध्यक्ष सुमन खड्का, महिला संयोजक लक्ष्मी घिमिरे (शर्मा), युवा संयोजक दिपिका श्रेष्ठ, युवा उप–संयोजक प्रलाद कार्की छन् ।
सदस्यहरूमा मोहनराज गौतम, चन्द्रकान्त पोखरेल, भीमसेन कार्की, बिष्णु बहादुर सार्की, सम्भर बहादुर गिरि छन् । प्रस्तावित अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा रोशन पाठक छन् ।

