१४ साउन, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
४ साउनमा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए ।

