Breaking News

निःसन्तान जोडीको कथामा सर्ट फिल्म ‘निःशब्द’ निर्माण

काठमाडौं। सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष र समाजले दिएको मानसिक दबाबलाई केन्द्रमा राखी तयार भएको सर्टफिल्म ‘निःशब्द’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फस्टलुक दर्शकलाई कौतुहलता जगाउने किसिमको बनेको छ।
सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवसनाथको अभिनय देख्न सकिनेछ। फिल्मका लेखक, निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन्। छायांकन शंकल्प भुजेलले, सम्पादन नहकुल खड्काले, साउन्डडिजाइन भरत कंडेलले र कलरग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्।

हाल पोस्ट–प्रोडक्सनकोअन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शो मार्फत दर्शक समक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पठाउने तथा अवार्ड प्रतिस्पर्धामा उतार्ने संकेत गरेका छन्। उनीभन्छन्, –‘पहिला फिल्मको सम्पुर्ण काम सकिएपछि हामी कसरी दर्शकलाई देखाउने भन्ने बिषयमा निर्णय गर्नेछौं। तर, युट्युब हाम्रो पहिलो प्राथमिता चैं होइन।’

‘निःशब्द’ले सन्तान नहुँदा समाज र पारिवारिक दबाबले भोग्नुपर्ने पीडा, विवशता र मौन पीडालाई पर्दामा जीवन्त पार्ने निर्माण टिमले जनाएको छ।निर्देशक ज्ञवालीकाअनुसार, यो फिल्मले दर्शकलाई भावनात्मक रूपमा छोई दिनेछ र समाजलाई सोच्न बाध्य पार्नेछ। ज्ञवाली फेरीभन्छन्, –‘सर्ट फिल्ममा ठुलो फिल्ममा जस्तो सहजै कथा भन्नलाई समय हुँदैन। हामीले छोटो समयमा केहि बोल्दैछौं। दर्शकले छोटो कथामा धेरै कुरा वुझ्नेछन्।’

रामजी ज्ञवालीले यस अघि निर्माण गरेका ‘रित्तोगाउँ’, ‘लापत्ता सन्तान’ र डकुड्रामा ‘मौन’समेत प्रदर्शनको पर्खाइमा छन्। ‘निःशब्द’ सहित उनका चार प्रोजेक्ट दर्शक माझ आउन बाँकी छन्। ‘रित्तोगाउँ’लेराष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवार्डहरु प्राप्त गरिरहेकोछ भने विभिन्न फेस्टिवलहरुमा प्रदर्शन भइरहेको छ। एकदशक लामो पत्रकारिता यात्रा पछि फिल्म निर्देशनमा होमिएका ज्ञवालीले यस अघि ‘डार्कमुन’, ‘एकलभर’, ‘हनिमुन’, ‘आराध्या’र ‘लिलामी’लगायतका चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।