Breaking News

राजावादीको हिंसात्मक क्रियाकलापमा संलग्नहरूमाथि ज्यान मुद्दामा अनुसन्धान हुँदै

१६ चैत, काठमाडौं । हिजो तीनकुनेमा राजावादीहरुले राजा ल्याउने भन्दै हिंसात्मक आन्दोलन गरे । राजा ल्याउनु त कहाँ हो कहाँ हो उनीहरुले, लुटपाट, चोरी, डकैती, आगजनीका साथै कयौं संरचना र सवारीसाधनमा धावा बोले अनि लास्टमा राजा ल्याउनु त कता हो कता आफै कुलेलाम ठोके । आन्दोलन तितर बितर हुँदै आन्दोलनका नाइके दुर्गा प्रसाई नै भागेर कहाँ लुके कहाँ लुके । अनि रातीसम्म पनि उदण्ड समूहले भौतिक संरचना, व्यक्तिका घर, गाडी र सकडक पेटीलाई निसाना बनाए । हिजो कै आन्दोलनबाट दुई जनाको ज्यान गयो । हिजोको आन्दोलन हिंसात्मक घटनामा परिणनत भएपछि आन्दोेलनरत संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान हुने भएको बुझिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले हिंसात्मक र आपराधिक क्रियाकलाप बारे गम्भीर रूपमा छलफल भएको छ ।

व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराधको आरोप आकर्षित हुनेगरी अनुसन्धान अघि बढिसकेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको विमति नभएपछि विरोधसभाका नाममा शुरु भएको तोडफोड र दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर भएर प्रस्तुत हुन गृहप्रशासनलाई निर्देशन दिएको छ ।

‘आन्दोलनकारीको नेतृत्व गरिरहेकाहरूले नै उग्र र भड्काउपूर्ण अभिव्यक्तिका साथ संगठित रूपमा हमला गरेकाले त्यसमाथि तत्काल अनुसन्धान अघि बढाउने कुरा भएको छ’ ती मन्त्रीले भने, ‘घरभित्र पसेका पत्रकारको ज्यान जानेगरी आगजनी भएको छ, सुरक्षाकर्मीको ज्यान लिने उद्देश्यले सवारीसाधन जबर्जस्ती अघि बढाएको छ, त्यसमा को को छन्, अनुसन्धान शुरु हुँदैछ ।’

स्रोतका अनुसार, प्रहरीले उनीहरूमाथि आकर्षित हुने कसुर र अनुसन्धानका वारेमा महान्यायाधीवक्ता कार्यालयका उच्च अधिकारीहरूसँग अनौपचारिक छलफल शुरु गरिसकेको छ । प्रहरीले तीन प्रकृतिका घटनालाई समानान्तर रूपमा अनुसन्धान गर्ने तयारी छ ।

‘शान्तिपूर्ण विरोध प्रदर्शन र त्यसक्रममा अवज्ञाको रूपमा निषेधित क्षेत्र तोडेको भए पक्राउ परेकाहरू केहीबेर वा बेलुकी रिहा हुन्थे’ उनले भने, ‘यो घटनामा व्यक्ति भएको घरमा आगो लगाइएको छ, सुरक्षाकर्मीलाई मार्ने उद्देश्यले गाडी अगाडि बढाइएको छ । तोडफोड र लुटपाट छ । त्यही अनुसार अनुसन्धान अघि बढ्छ ।’

पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गर्ने र म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी छ । घटनामा संलग्न नभएकाहरूलाई भने सोधपुछ र केरकार गरेर छाड्ने काम भइरहेको छ ।

प्रदर्शनको भिडियो खिच्न घरभित्र पुगेको अवस्थामा राजावादी प्रदर्शनकारीहरूले आगजनी गर्दा एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको मृत्यु भएको थियो । त्यो घटनामा संलग्नहरूमाथि आकर्षित हुने ज्यान मार्ने अभियोगमा जन्मकैद (२५ वर्ष) सम्मको सजाय हुन्छ ।

भिड उत्तेजक हुनुअघि राप्रपाका नेता रवीन्द्र मिश्रले ‘२०४६ र २०६२–६३ को आन्दोलनमा नेताहरूको नियन्त्रण नभएको भन्दै अहिले पनि त्यस्तै परिस्थिति हुने भनी उत्तेजक अभिव्यक्ति दिएका थिए । । मिश्र सहित राप्रपा नेता धवलशम्सेर जबरा लगायतले सुरक्षा घेरा तोड्न र आक्रामक बन्न प्रदर्शनकारीहरूलाई उक्साएका थिए ।

‘व्यक्तिलाई ज्यूँदै जलाउँदा जे अभियोग लाग्छ, तीनकुनेको घटनामा ती आरोपमा अनुसन्धान अघि बढाउन नमिल्ने छ र ?’ एक सहन्यायाधीवक्ताले भने, ‘संगठित रूपमा योजनाबद्ध ढंगले आगजनीका काम भएका छन् । सुरक्षाकर्मीहरूको ज्यानै जानेगरी गाडी अगाडि बढाइएको छ, यही घटनामाथि अनुसन्धान हुनेछ ।’

आन्दोलनका कमाण्डर तोकिएका दुर्गा प्रसाई आफैंले हाइलक्स–पिकअप गाडी जबर्जस्ती अघि बढाएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरा तोडेका थिए । त्यसक्रममा प्रहरीले संयमता नअपनाएको भए अप्रिय घटना हुने स्थिति हुन्थ्यो ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १८३ मा कसैको ज्यान मार्ने नियतले कुनै गतिविधि गर्न नपाइने उल्लेख छ । १० वर्षसम्म कैद र एक लाख रूपैयाँ जरिवाना हुनसक्ने यो कसुरमा दुर्गा प्रसाई लगायतमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

जबर्जस्ती प्रहरी घेरा तोडेर गाडी अगाडि बढाएपछि एउटा सटरभित्र लुकेका दुर्गा प्रसाई त्यसपछि घटनास्थलबाट भागेर सम्पर्कविहीन भएका थिए ।

कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भयो । एकीकृत समाजवादीको कार्यालय तोडफोड भएको छ भने पेरिसडाँडास्थित माओवादीको कार्यालयमा पनि आक्रमणको प्रयास भयो ।

प्रदर्शनकारीहरूले आक्रमण गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर खोज्दै हिंडेका थिए । उनीहरूले त्यहाँ एउटा सरकारी वकिलको कार्यालयको गाडी जलाएका थिए । आगजनी र राज्यविरुद्धको कसुरमा उनीहरूमाथि अनुसन्धान गर्ने तयारी छ । त्यसबाहेक प्रदर्शनकारीहरूको समूहले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरमा पुगेर लुटपाट मच्चाएको थियो ।

‘यो सामान्य उपद्रव वा जिल्ला प्रशासन कार्यालयमा लैजाने खालको शान्ति सुरक्षासम्बन्धी विषय रहेन’ मन्त्रिपरिषदको छलफल उद्धृत गर्दै ती मन्त्रीले भने, ‘आगजनीबाट ज्यान गएको र राज्यविप्लव गर्ने उद्देश्यले घटना भएका छन् । पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर म्याद थप गर्ने र अनुसन्धान अघि बढाउने काम हुन्छ ।