Breaking News

 कास्कीमा निषेधित अबधिमा  नदीजन्य पदार्थ  उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाही सिफारिस

पोखरा , साउन ६, नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्,संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले  निषेधित अबधिमा खोला तथा नदीमा गएर  नदीजन्य पदार्थ  उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाहीको लागि  सिफारिस गरेको छ ।

 समितिको शुक्रबार बसेको बैठकले ढुंगा गिटी,बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि संसोधन सहितको  मापदण्ड २०७७ को दफा ३ (ख ) बमोजिम प्रचलित ब्यबस्था अनुसार अबैध र गैर  कानुनि रुपले उत्खनन् र ओसार पसार गर्ने बिभिन्न ११ वटा टिपर र १ ट्याक्टरलाइ  कारबाही  गर्न पोखरा महानगरपालिका  नगर कार्यपालिकालाई लेखि पठाउने निर्णय भएको सो समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो ।  मापदण्ड अनुसार बर्षातको समय असार ,साउन र भदौ महिनामा  नदि तथा खानीजन्य सामाग्रीको उत्खनन् र ओसार पसार गर्न नपाइने ब्यबस्था रहेको छ । उक्त ब्यबस्था बिपरित कास्कीमा सो कार्यमा संलग्न ग १ क १५१५, ग १ क ६२१४ , GAA0076, बा ४ ख ३३२१, ग २ ख १४५, ग १ क २४०२ ,ग २ख ३२८ ,ग २ ख ११५६ ,ग १ क ६३९२, ग १क ५११३, ग १ ख ७९९० नम्बरका  ११ वटा टिपर र ,ग १ त ७०१२ नम्बरको एक   ट्याक्टर रहेका छन् ।उक्त सबारी साधनहरू जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले  मिति २०८१ असार १५ गते नदिजन्य पदार्थ लोड गर्ने  क्रममा  पोखरा महानगरपालिका वडा न १९  दसखेत घाटबाट  पक्राउ गरेर  थप अनुसान्धान सहित कारबाहीको लागि जिल्ला अनुगमन समितिमा पेश गरेको थियो ।

जिल्ला अनुगमन समितिको शुक्रबारको बैठकमा उत्खनन् र संकलनको लागि स्वीकृत ,बिधि ,प्रक्रिया र परिणाम सम्बन्धि ब्यबस्थाको पूर्ण पालना हुन नसकेको हुदा बिस्तृत अनुसन्धान सहित जिम्मेबार पक्षलाई कारबाही गर्न पोखरा महानगर नगर कार्यपालिकालाई भनिएको छ ।असार मसान्त अगाबै  तोकिएको  परिमाण बराबरको  सामाग्री उत्खनन् गरी  सो क्षेत्र बाट बाहिरिनुपर्ने सम्झौतामा उल्लेख गरिए पनि सो को पालना नगरी स्टक नै नभएको अबस्थामा स्टक छ भनि ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रा.लि.लाइ  असार ९ गते  कार्यादेश दिने कर्मचारीलाई समेत बिस्तृत छानबिन सहित प्रचलित एन कानुन बमोजिम कारबाहि गरेर   सो को जानकारी पेश  गर्न पोखरा  महानगर कार्यपालिकालाइ भनिएको छ । साथै नियन्त्रणमा लिइएका सबारी साधनहरूलाइ  प्रचलित कानुन र  नगर सभाबाट स्वीकृत कानुन र नियम बमोजिम कारवाही गरेर सोको जानकारी पठाउन भनिएको जिल्ला संयोजक लिलाधर पौडेलले बताउनुभयो ।

साथै ढुंगा ,गिटी,बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि संसोधन सहितको  मापदण्ड २०७७ को दफा ४  को  उपदफा ५ संग सम्बन्धित अनुसूची २ ख ठेक्का सम्झौता फारामको बुदा १७ अनुसार उत्खनन् संकलन तथा बिक्री गरीने साधारण निर्माणमुखी नदिजन्य पदार्थको मौज्दात  आर्थिक बर्षको अन्त्यमा शुन्य गर्नु पर्ने र सो नसकेको अबस्थामा  सम्बन्धित पालिकाले जफत गरी लिलाम गरी बिक्री गर्ने ब्यबस्था रहेको हुदा उक्त दफा प्रभाबकारी रूपमा कार्यान्वयन गर्न कास्कीका सबै स्थानीय तहलाई आग्रह गरीएको छ पौडेलले जानकारी दिनुभयो ।