नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दै

२२ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् ।

नेपाल तेस्रो पटक त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न चाहन्छ । नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी–२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो ।

यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो ।

नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो ।

ओपनर माइकल लेभिटको विकेटमा नेदरल्यान्ड्सको प्रदर्शन धेरै निर्भर हुने देखिन्छ । लेभिटले नामिवियाबिरुद्ध १३५ रनको विष्फोटक शतक हानेका थिए । नेपालसँग पहिलो खेलमा डेब्यूमै अर्धशतक प्रहार गरेका थिए ।