Breaking News

सर्लाहीको लालबन्दीमा १६ वर्षीया एक किशोरीको शव फेला

काठमाडौं । सर्लाहीको लालबन्दीमा १६ वर्षीया एक किशोरीको शव फेला परेको छ । लालबन्दी– १६ का १६ वर्षीया अन्जली थापा आज बिहान आफ्नै कोठामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिवोल केसीले अन्जलीले आत्महत्या गरेको हुनसक्ने
बताए । उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको उनले बताए ।

अन्जली लालबन्दीस्थित जनज्योती माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । उनले आत्महत्या गर्नुको कारण भने नखुलेको र घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।