कालिकोटको जिरो प्वाइन्ट, कालेखोलामा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

कालिकोट। कर्णाली राजमार्ग अन्र्तगत कर्णाली करिडोर सडक मर्मतका क्रममा माथिबाट आएको ढुङ्गा माटो सहितको सुख्खा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित जिरो प्वाइन्ट, कालेखोलामा सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको छ ।

कालिकोट पचालभरना गाउँपालिका–८ खड्तोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको हो ।

सडक फराकिलो बनाउने क्रममा एक्कासी चट्टान डोजरमाथि खसेपछि भाग्नसक्ने अवस्था नहुँदा चालकको घटनास्थलमा मृत्यु भएको बुझिएको छ । पहिरोले डोजर पुरै पुरिएको छ । यो घटना हिजो शुक्रबार बेलुकाको भए पनि १८ घण्टापछि आज बिहान मृतकको शव निकालिएको थियो ।

“हिजो राती परेकाले र माथिबाट पुन पहिरो खस्ने खतरा हुनसक्ने देखिएपछि शवलाई आज बिहान उज्यालो भएपछि निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगेर पोष्टमार्टस गरी आजै उनको दाहासस्कार गरिएको छ ।