Breaking News

समाजवादी गणतन्त्र भियतनाम र डोमिनो सिद्धान्त

समाजवादी गणतन्त्र भियतनाम (Socialist Republic Vietnam)
भियतनाम दक्षिण पुर्वी एसिया(SEA) को क्षेत्रिय शक्ति हो। आसियानको सदस्य राष्ट्र र यो एक कम्युनिस्ट शासन प्रणाली भएको मुलुक हो। साथै भियतनाम दक्षिण पुर्वि एसियाको Mainland Country हो। यो देशको भाैगोलिक बनावटको आकार एउटा ड्रागन जस्तो देखिन्छ (जसलाई सुनाैलो पंक्षिका रूपमा लिने गरिन्छ) साथै यसलाई एउटा निलो ड्रागन पनि भन्ने गरिन्छ। भाैगोलिक क्षेत्रको आधारमा भियतनामको उत्तरमा- जनवादी गणतन्त्र चिन पश्चिमा कम्बोडिया र लाअोस पुर्व र दक्षिणमा – साउथ चाइना सि पर्दछ।
भियतनामको आधिकारिक नाम”समाजवादी गणतन्त्र भियतनाम”हो। यसको राजधानी – हनोइ,
सबैभन्दा ठुलो शहर – Ho Chi minha city
यहाका रैथानेहरू- भियतमिन हुन्।
भियतनामको क्षेत्रफल- ३३१२३६ km2 छ भने
जनसंख्या –९७४६८०२९(96.484M) छ।
त्यहाको मुख्य धर्म – 72/80% Non religion र 14% बाैद्ध हो र आधिकारिक भाषा-भियतनामि हो ।
भियतनाम लामो समयसम्म फ्रान्सको उपनिवेश बन्यो,दोस्रो विश्वयुद्धको समयमा जापानको नियन्त्रणमा र १९५५ – देखि १९७५ सम्म अमेरिका सँग युद्ध लड्यो। २० वर्षसम्म भएको अमेरिकासँगको युद्धमा छापामार गुरिल्ला र भियतनामि जनताको अथक संघर्षबाट अमेरिकाको लज्जास्पद हार र दक्षिणपूर्वी एसियामा समाजवादी भियतनामको स्थापना भयो।
भियतनामको सरकार मार्क्सवादी,लेनिनवादि एकल कम्युनिस्ट पार्टी प्रणालीमा आधारित छ।  यो एकल कम्युनिस्ट मुलुक हो ।

इतिहास
– विश्वयुद्ध अगाडि हिन्द चिनमा पाँच भाग कोचिन,आननाम,टोकिङ,लाअोस र कम्बोडिया थिए।  सन् १८५९ मा फ्रान्सले कोचिनमा आफ्नो आधिपत्य जमायो र प्रत्यक्ष शासन सञ्चालन गर्यो। यश प्रकार हिन्द चिनमा फ्रान्सको अधिकारको समयमा  भियतनाम फ्रान्स अन्तर्गत सञ्चालित थियो।

सन् १८६८ मा फ्रान्सेलीहरूले सैगोन कब्जा गरेका थिए त्यसबेला फ्रान्सेली र भियतनामि नागरिकहरू बिच संघर्ष हुँदा स्वतन्त्रताको लागि लड्ने एकजना किसान योद्धा “वेन त्रंगु त्रुगले” मृत्युदण्ड पाउनुपुर्व भनेका थिए
“जबसम्म यो देशमा घाँस उम्रिन्छ आक्रमणकारीको विरूद्ध लड्नेहरू पनि जन्मि रहन्छन्।
– १९ आै सताब्दिमा फ्रान्सको उपनिवेश बन्नु अघि भियतनाम मध्यकालमा चिनियाँ थिचोमिचोमा रहेको थियो।
सन् १९३० मा Ho Chi Minha को नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भयो।
– सन् १९४० मा फ्रान्सपछि जापानले आधिपत्य जमायो र त्यहाँ जापानको शासनकाल अवधिमा साम्यवादी तत्वको भुमिगत गतिविधि गतिशील रूपमा बढ्यो।
– सन् १९४५ मा जापानले फ्रान्सका सेनालाई त्यहाबाट हटाएर हिन्द चिनलाई स्वाधीन गरिदियो र भियतनामिहरूलाई सत्ता सुम्पिदियो। त्यसपछि अनाम,टोकिङ,कोचिन र चिन मिलेर भियतनाम गणराज्यहरूको स्थापना भयो। जसको राजधानी “हनोइ”राखियो।
– सन १९४५ अगस्टमा भियतमीन समुहलाई जापानले सत्ता सुम्पियो। त्यसपछि बाअोदाईले फ्रान्स सँगको सन्धि मार्फत भियतनामलाई स्वतन्त्र घोषणा गरे।
– वाअोदाईको सरकारलाई अमेरिका र ब्रिटेनले समर्थन गरे भने चिन सरकारले भियतमिन राज्यलाई मान्यता दियो। भियतमिन र वाअोदाई बिच संघर्ष सुरु भयो।
– दोस्रो विश्वयुद्धमा हार हुदा  जापान निस्किएपछि फेरि प्रवेश गरेको फ्रान्स यश क्षेत्रबाट हट्न नमानेपछि भियतमिन्ह छापामार र फ्रान्सेली सेनाबिच भिषण युद्ध भई अन्त्यमा फ्रान्सले हार बेहोर्यो।
– दुई पक्ष विचको ठुलो विवाद पछि भियतमीन र बाअोदाई बिचको समस्या समेत त्यहाँ देेखा परेपछि हिन्द चिन समस्या समाधानका लागि सन् १९५४ मा जेनेभामा एक सम्झौता भयो जुन सम्झौता अनुसार Republic of Vietnam लाई साउथ भियतनाम र नर्थ भियतनाम गरि दुई भागमा विभाजन गरियो।
उत्तरी भियतनाममा कम्युनिस्ट शासन रहयो भने दक्षिणी भियतनाममा प्रजातान्त्रिक सरकार फ्रान्स बेलायत र अमेरिका जस्ता पश्चिमा राष्ट्रहरूको शासन रहयो।

डोमिनो सिद्धान्त
यो डोमिनो सिद्धान्त दक्षिण पुर्वि एसियामा अमेरिकाको महत्त्वपूर्ण आर्थिक सामरिक  रणनीति हो।
भियतनाम विभाजन पछि  उत्तरी भियतनाममा बढ्दो कम्युनिस्ट influence लाई नरोकेमा दक्षिण भियतनाम मात्रै होइन सिंगो साउथ ईस्ट एसिया नै प्रभावित हुने डरले अमेरिकाले “डोमिनो” सिद्धान्त अनुसार कम्युनिस्टलाई दबाउनका लागि उत्तर भियतनाम माथि भिषण आक्रमण गर्यो।
उत्तर भियतनामका सैनिकहरूले दक्षिण भियतनाममा आक्रमण गरि दक्षिण भियतनामलाई आफ्नो कब्जामा लिए।
– दोस्रो विश्वयुद्धमा जापान परास्त भएपछि फ्रान्सले फेरि भियतनाममा प्रभुत्व कायम गर्न खोज्यो जुन भियतमिन छापामारबाट हार बेहोर्नु पर्यो।

– सन् १९४५ मा शान्ति सम्झौताबाट (जेनेभा सम्झौता) फ्रेन्च उपनिवेश समाप्त भयो र इण्डो चाइना ( Indo China) भनिने फ्रेन्चको उपनिवेश समाप्त भयो र इण्डो चाइना भनिने फ्रेन्चको उपनिवेश क्षेत्रमा तिनवटा राष्ट्रहरू भियतनाम,लाअोस र कम्बोडियाको स्वतन्त्र अस्तित्व कायम भयो।
– १९४५ कम्युनिस्ट नेता “Ho Chi Minha” हो चि मिन्हको नेतृत्वमा कम्युनिस्ट पार्टीले मुक्ति आन्दोलन सुरू गर्यो जुन पछि जनयुद्धमा परिणत भयो।
– भियतनाम युद्ध सन् १९५५ देखि १९७५ (२० वर्ष) सम्म चलेको थियो। अन्ततः उत्तर भियतनामको जित भएपछि भियतनाम एउटै देश बन्यो।
– यश युद्धमा अमेरिकाले आफ्ना हजारौं सेना अत्याधुनिक हातहतियार, ट्याङ्कर,हेलिकप्टर,बमवर्षक विमान देखि विषालु रसायन सम्म प्रयोग गर्यो।
– उत्तर भियतनामको गुरिल्ला फाैजले प्रतिरोध युद्ध लड्यो, यसलाई सोभियत संघ र चिनले सहयोग गर्यो।
– अमेरिका अत्याधुनिक हतियारले सुसज्जित भएपनि विरानो भुमिमा त्यहाँको भुगोल,हावापानीसँग अपरिचित हुँदा अमेरिकाले सफलता हात पार्न सकेन २० वर्षपछि लज्जास्पद हार खाएर फर्किन बाध्य भयो।
– गुरिल्ला युद्धमा छापामारसँग अमेरिका पराजित भएको यो गतिलो उदाहरण हो।
– भियतनाम युद्ध लाअोस र कम्बोडियामा समेत फैलिएको थियो। कम्बोडियाको भुमिमा अमेरिकाले बमबारि गरेको थियो र पुरै जंगल नस्ट गरेको थियो।
– भियतनाम युद्धमा अमेरिकी हस्तक्षेपको विश्वव्यापी आलोचना  भइरहेको थियोे। खासगरी अमेरिकी सेनातर्फ क्षति बढ्दै गएपछि अमेरिकी जनताबाट नै विरोध भयो।
– सन १९७३ मा अमेरिकी सेना भियतनाम युद्धबाट पछि हट्न सुरू गर्यो।
– सन् १९७५ अप्रिल ३० मा उत्तर भियतनामको सेनाले सैगोन शहर प्रवेश गरि राष्ट्रपति भवन कब्जा गरेपछि भियतनाम युद्ध समाप्त भयो।
– विश्वकै चर्चित विषय बनेको यश भियतनाम युद्धमा लाखौं नागरिकले ज्यान गुमाए।
यो युद्धमा ५ लाख अमेरिकी सेना भियतनाम प्रवेश गरेका थिए,यसमा ५८ हजारले ज्यान गुमाए १/२ (डेढलाख) जति घाइते भए।
–  भियतनाम युद्धमा ३० लाख मानिसको मृत्यु भयो,२० लाख घाइते र ३ लाख बेपत्ता भएका थिए। यसमा सैनिक भन्दा बढी सर्वसाधारण मानिसको ज्यान गएको थियो।
– यश भियतनाम युद्धमा अमेरिकी सेनाले जंगलका रूख,बिरुवा समेत सुकाएर सखाप पार्न अमेरिकी विमानले ” एजेण्ट अोरेन्ज” भनिने ८ करोड लिटर बिसालु रसायन भियतनामका २६ हजार गाउँमाथि खन्याएको थियो। यसको असरले अहिले पनि बिङ्लाङ्ग बच्चाहरू जन्मिरहेका छन्। र जंगल सुकाउन अरू रसायन पनि विमानबाट छर्केको थियो।
– खासमा (जुन लिकुइड) यो रसायन (Chemical) वार थियो।
– त्यतिबेला अमेरिकी सेनाले रसायनबाट पुरै जंगल सखाप बनाएपनि गुरिल्लाहरूले सुरूङ खनेर सुरूङबाट युद्ध जिते। भियतनामको सुरूङ धेरै ठुलो थियो (जसमा छापामारहरूको खानेबस्ने सबै सुरूङ भित्रै गरिएको थियोे )।
अन्ततः उत्तर भियतनामको जित भयो र अमेरिका २० वर्षपछि फर्किन बाध्य भयो।
त्यसपछि २६ अप्रिल १९७९ मा उत्तर – दक्षिण एकिकरणको लागि चुनाव सम्पन्न भयो।
– २४ जुन १९७६ मा समाजवादी गणतन्त्र भियतनाम (Republic of Vietnam)को घोषणा भयो।
– यो समाजवादी गणतन्त्र भियतनाममा कम्युनिस्ट शासन रहेको छ, (जहा One party system कायम छ)।
मार्क्सवादी,लेनिनवादि र होचिमिन्हमा आधारित सिद्धान्तलाई स्विकारेको भियतनाममा १५ अप्रिल १९९२मा जारि संविधान हाल पनि लागु छ।
नयाँ संविधान २८ नोवेम्बर २०१३मा जारि भएको थियो ।
सोसियल रिपव्लिक अफ भियतनाम मा सोसियल मार्केटिङ इकोनोमिक्स लागू छ।

राजनैतिक व्यवस्था
– भियतनाममा एकात्मक शासन प्रणाली रहेको छ। पुरा नाम समाजवादी गणतन्त्र भियतनाम हो ।

– संविधान
भियतनामको संविधान कम्युनिस्ट पार्टी भियतनाम(CPV) को नियन्त्रणमा रहेको छ। जसमा मार्क्सवादी,लेनिनवादि र हो चि मिन्हमा आधारित छ।
राष्ट्र प्रमुख राष्ट्रपति र सरकार प्रमुख प्रधानमन्त्री रहने व्यवस्था संविधानमा छ। प्रधानमन्त्री सरकार प्रमुख  ,५ उपप्रधानमन्त्री र २५ वटा मन्त्रीहुने व्यवस्था रहेको छ।
– प्रशासनिक विभाजन
भियतनामको संविधानमा  राजनीतिक प्रशासनिक विभाजनमा ५८ वटा प्रदेश र ५ नगरपालिका रहेका छन्।

– सरकार
भियतनामको सरकार मार्क्सवादी,लेनिनवादि एकल कम्युनिस्ट पार्टी प्रणालीमा आधारित छ।  यो कम्युनिस्ट मुलुक हो ।
राष्ट्रप्रमुख राष्ट्रपति र सरकार प्रमुख प्रधानमन्त्री रहेका छन्।
५ उपप्रधानमन्त्री र २५ वटा मन्त्रीहुने व्यवस्था रहेको छ।
– व्यवस्थापिका
: भियतनामको राष्ट्रिय सभा एक सदनात्मक(Unicameral) व्यवस्थापिका हो। त्यहाँ एउटामात्र सदन छ।
जसमा राष्ट्रिय सभाका सदस्य सङ्ख्या ५०० जना रहेका छन्।

आर्थिक व्यवस्था
भियतनामको अर्थव्यवस्था ” सोसियल आेरिन्टेड मार्केटिङ वाला इकोनोमि “(Social marketing economic )छ।
– पञ्चवर्षिय योजना (Five Years planning-CPV)
– भियतनामको अर्थब्यबस्था सोसियल अोरिन्टेड मार्केटिङ इकोनोमि हो । सन १९८६ मा कम्युनिस्ट पार्टी भियतनामको  छैठौं राष्ट्रिय कंग्रेसमा Doi Moi ले Socialis – Oriented marketing economic मा केही Reform ल्याए।
जस अन्तर्गत  उद्योगमा प्राइभेट अोनर्सिभको अनुमति दिए।
– Agriculture
-Science & technology 0.45% GDP
-Tourism 7.5% GDP
Agriculture यहाँको अर्थतन्त्रको प्रमुख तत्व हो । जहाँ धान उत्पादनमा अग्रणी स्थानमा छ। अन्य उत्पादनमा फलफूल ,उखु,रबरका लागि उपयुक्त मानिन्छ।
साथै कपडा ,खाद्य प्रशोधन,सिमेन्ट र रसायनिक मलको आैधोगिक प्रतिस्ठान रहेको छ।
– निर्यातमा धान,कफि,चिया,रबर,फलफूल,माछा लगाएतका धेरै कृषि उत्पादनका साधन विदेश निर्यात गर्दछ।
सन् २०१६ मा ३६  अर्ब डलर बराबरको कृषि उत्पादन निर्यात गरेको थियो। अहिले भियतनाम कृषि आैधाेगिकिकरण तर्फ फड्को मारेको छ।
पर्यटन क्षेत्रमा  एकदमै राम्रो छ,देशको  7.5% GDP धानेको छ।

पुर्वाधार विकास
Transpaort,Energy,Telecommunication,
water supply & Sanitatio,health,education मा राम्रो छ।

त्यहाँको सामाजिक परिवेशमा 80% जनताले कुनैपनि धर्म अंगलेका छैनन् उनिहरू प्रकृति पुजक हुन भने 14% जतिले बुद्ध धर्म मान्ने गर्दछन् बाकि  अन्य धर्महररू हनोइजम,क्याथोलिक  मान्ने पनि छन्। तर धर्मको लागि कतै लडाइ झगडा  र धार्मिक राजनीतिमा चासो दिदैनन्।
साथै भियतनामको शिक्षा प्रणालीलाई ५ तहका विद्यालयमा विभाजन गरेको छ।

विदेश सम्बन्धको हिसाबले भियतनाम
१५ नोभेम्बर १९७५ मा नेपालसँग दाैत्य सम्बन्ध कायम गर्यो भने  २० सेप्टेम्बर १९७७ मा UNO को सदस्यता प्राप्त गर्यो।  सन् २०१० सम्ममा १७८ देशसँग कुटनैतिक सम्बन्ध कायम गरेको थियो।
हाल UN,ASEAN,NAM(Non-alignment movement),IOF,WTO जस्ता ठुला संगठनमा आबद्ध रहेको छ।

अन्त्यमा (Finally)

दक्षिण पुर्वी एसिया (SEA) का एघार देशहरूमा विविध खालका शासन प्रणाली छन्। जसमा ४ वटा देशमा लोकतान्त्रिक शासन प्रणाली छ। ४ वटा देशहरूमा राजतन्त्रात्मक शासन प्रणाली (संबैधानिक राजतन्त्र र निरंकुश राजतन्त्र) छ। एउटा देश सिंगापुरमा लोकतान्त्रिक बेनोभोलेन्ट शासन प्रणालि छ भने २ वटा मुलुकले कम्युनिस्ट शासन प्रणाली अपनाएका छन्।
कम्युनिस्ट शासन प्रणाली अपनाउने देशहरू  भियतनाम र लाअोस हुन।

सन् १९३०मा कम्युनिस्ट पार्टी गठन भएको भियतनाम दोस्रो विश्वयुद्धपछि उपनिवेशबाट मुक्त भए लगत्तै अमेरिकी हस्तक्षेपबाट दुई भाग उत्तर र दक्षिणमा विभाजित हुन पुग्यो। त्यसपछि सन १९५५ मा दिर्घकालिन जनयुद्धमा प्रवेश गर्यो। १९५५-७५ मा २० वर्षपछि  सम्पन्न युद्धसँगै समाजवादी गणतन्त्र भियतनामको गठन भयो।

यो २० वर्षे युद्धमा  समाजवादी गणतन्त्र भियतनामको संघर्षपुर्ण इतिहास एकदम सम्झन लायक छ। जसमा सुरूमा फ्रान्सको उपनिवेश बनेको र पछि केही समय जापानको नियन्त्रणबाट स्वतन्त्र भएपछि कम्युनिस्ट पार्टीको नेतृत्वमा अमेरिका र बेलायतको हस्तक्षेपका विरूद्धमा २० वर्ष सम्म लामो  संघर्ष गर्यो। त्यसपछि स्वतन्त्र भई कम्युनिस्ट शासन प्रणाली अपनाएको कुरा उल्लेखनिय छ।

यो युद्धको मुख्य कारण  कम्युनिस्ट सिध्याउन अमेरिककाले चलाएको डोमिनो सिद्धान्त हो। यसले दक्षिण पुर्वी एसियाका पुरै कम्युनिस्ट पार्टीहरूमाथि चाैतर्फि हमला गर्न पुग्यो। भियतनाम ,लाअोस र कम्बोडियाका जंगलहरू ८ लाख टन  विषादी छर्केर नस्ट गरिए, २८ हजार गाउँ नस्ट गरिए तर पनि गुरिल्लाहरूले स्वरूम खनेर लडाइँ लडेपछि  अमेरिकाको लज्जास्पद हार र गुरिल्ला छापामारको साहसिपुर्ण जितले डोमिनो सिद्धान्तलाई असफल बनाइदियो ।

भियतनाम युद्ध यसै डोमिनो सिद्धान्तको प्रभाव हो। पश्चिमा पुजीवादी र कम्युनिस्ट बिचको भिषण युद्धपछि स्थापना भएको कम्युनिस्ट मुलुकले विश्व कम्युनिस्ट आन्दोलन र सारा विश्व जगतलाई नै एक सन्देश दिएका छन्  कि जुन विदेशी साम्राज्यवाद र आन्तरिक कटपुतलि  शासकका विरूद्ध लामो संघर्ष एवं  ३०आैँ लाख जनताको बलिदानि पश्चात् समाजवादि जनवादि  अर्थब्यबस्था सहितको समाजवादी गणतन्त्र भियतनाम र जनवादी लोकतान्त्रिक गणतन्त्र लाअोसको स्थापना गरेका छन् ।
साथै आज समाजवादी गणतन्त्र भियतनामको शासन व्यवस्था,  राजनीतिक प्रशासनि विभाजन,समाज केन्द्रित/ सोसियल वरिन्टेड मार्केटिङ आर्थिक व्यवस्था ,स्कुलको विभाजन देखि कृषि र पर्यटन विकास  समाजवादी भियतनामको पहिचान भएको छ।
आज दक्षिण पुर्वि एसियामा भियतनाम एउटा राजनीतिक हिसाबले कम्युनिस्ट शासन प्रणाली भएको मुलुक मात्र होइन अर्थतन्त्रको हिसाबले पनि एक आत्मनिर्भर कम्युनिस्ट मुलुक हो। अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र धान उत्पादनमा अग्रणी स्थानमा छ।
अन्य उत्पादनमा फलफूल ,उखु,रबरका लागि उपयुक्त मानिन्छ।
साथै कपडा ,खाद्य प्रशोधन,सिमेन्ट र रसायनिक मलको आैधोगिक प्रतिस्ठान रहेको भियतनाम
अरबाै डलर बराबरको कृषि उत्पादन निर्यात गर्दछ। अहिले भियतनाम कृषि आैधाेगिकिकरण तर्फ फड्को मारेको छ। वस्तु उत्पादन,वितरण र उपभोगको सवालमा सामुहिक विश्ववास हुनुका साथै उत्पादित वस्तु निर्यातमा पनि अब्बल छ।
सामाजिक जीवन राम्रो छ, कुनै धार्मिक द्वन्द्व देखिदैन न  कुनै धर्मको नाममा राजनीति छ,आपसी सद्भाव,धार्मिक सहिष्णुता एकदमै राम्रो छ।

२०आै सताब्दिमा दक्षिण पुर्वी एसियाबाट अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई खालि हात फर्काउन र विश्वभरि साम्यवादी शासन व्यवस्थाको परिचय दिएको कुरा विश्वमा एक उदाहरणीय छ।

त्यसैले समाजवादी गणतन्त्र भियतनाम स्वतन्त्रता,आत्मनिर्भर र विदेशी हस्तक्षेपका विरूद्ध कठोर संघर्ष गर्ने सवालमा  हाम्रो लागि मात्र नभएर संसारका लागि मार्ग दर्शक सावित भएको छ। आज हामीले हाम्रो स्वतन्त्रता,सवाधिनता र आत्मनिर्भर मुलुक बनाउन असल नेता,असल संगठन,असल बिचार र जनताको बलिदानिपुर्ण संघर्षले सम्भव हुन्छ भन्ने कुरा हामिले भियतनाम र भियतनामि जनताबाट सिक्न सक्छौ। न कि कुनै सस्तो लोकप्रियता र स्टन्टबाजिले। यो कुरा भर्खरै जुर्मुराउदै गरेको भविष्यको चिन्ता गर्ने आजको नयाँ पुस्ताले बुझ्न जरुरी छ।

लेखक स्नातकोत्तर तह एम.ए. राजनितिशास्त्र (थेसिस चरण) आर.आर.क्याम्पस का अध्ययनरत बिद्यार्थी हुन् 

लेखक : मदन बहादुर कठायत,कार्की