काठमाडौँ । मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै थिए । नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले सम्बोधन गरिरहेका बेला एक बालिका एकाएक मञ्चमा पुगिन् ।
बालिकाले माइकमा बोलेको भने बुझिएन । बालिका अझै बोल्न खोजेपछि ओली आफैले ती बालिकालाई अर्को माइक तानेर मुखछेउमा लगिदिए । ती बालिकाले पुन बोलिन तर कुरा बुझिएन । करिब १ मिनेटजति बोलेपछि ती बालिकालाई कसैले मञ्चबाट लग्यो ।
मञ्च छाड्नुअघि ओलीले बालिकालाई भने, छोरी अव तिमी र म भरेभरे फोटो खिच्नुपर्छ है !’ ती बालिकाले समातेको माइकमा ओलीका सहयोगीहरुले सेनिटाइजर छर्के । अनि ओली पुन बोल्न थाले । भने, ‘नातिनीले नेता हुने छाँट
देखाइन् ।’
देखाइन् ।’