Breaking News

सोलुखुम्बुमा मनाङ एयर दुर्घटना ६ जनाको मृत्यु

मनाङ एयर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउन दुई वटा हेलिकप्टर परिचालन भएका छन्।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उनीहरूको शव लिन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो।

‘अल्टिच्युडका हेलिकप्टर आएका छन्। त्यसमा राखेर शव लग्ने कोशिस भइरहेको छ। एक जनाको शव थिचिएको अवस्थामा फेला परेको हो। बाँकी ५ जनाको शव बाहिरै फेला परेको छ ।

पाँच शव विदेशी नागरिकका भएकाले काठमाडौंमै पठाउने तयारी रहेको पनि उनले बताए। उक्त हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिक सवार थिए।

डिआइजी बास्तोलाले पाइलटको शवको पहिचान भइसकेको पनि बताए।