राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार ७४ जिल्लामै पुर्‍यायो

९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार गरी ७४ जिल्लामै पुर्‍याएको छ । डोल्पा, हुम्ला र पश्चिम रुकुम गरी तीन जिल्लामा संगठन विस्तार हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।

पार्टी संरचनालाई छिटो–छरितो बनाउने उद्देश्यले सानो आकारको समिति बनाउने गरिएको रास्वपाको दाबी छ । तीन तहको सरकार संरचनासँग मिल्ने गरी पालिका, प्रदेश र केन्द्र गरी मूल रूपमा तीनवटा पार्टी संरचना हुने रास्वपाले जनाएको छ ।

पालिका संरचना अन्तर्गत वडा समिति र प्रदेश अन्तर्गत जिल्ला एवं संघको निर्वाचन क्षेत्र समिति बनाउने गरिएको छ । पार्टी संरचनामा आधार तह वडा समिति रहेको छ भने केन्द्रीय समिति सबैभन्दा माथिल्लो संरचना छ ।

वडा र पालिकामा ११र११, संघीय निर्वाचन क्षेत्रमा ५, जिल्लामा २, प्रदेशमा ५०, केन्द्रमा १२१ जना सदस्य रहेको समिति हुने व्यवस्था छ । केन्द्रीय सदस्यमा हाल ३९ जना छन् । संघीय निर्वाचन क्षेत्र अनुसारको समिति बन्ने क्रममा छ । जिल्लामा संयोजक र सहसंयोजक मात्रै रहेको पार्टी संरचना बनाएको छ ।