समाजवादी प्रेस सङ्गठन नेपालको काठमाडौँ शाखाको प्रथम अधिवेशनबाट भिम लामाको अध्यक्षमा कार्यसमिति चयन

जेठ ६, काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालको काठमाडौँ शाखाको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । नेपाल सरकारका भौतिम पूर्वाधार तथा यातायात मन्त्री तथा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले उद्घाटन गरेको अधिवशनले सर्वसहमतिले निवर्तमान अध्यक्ष भीम लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यस्तै सर्वसहमतिमै अधिवेशनले नयाँ अन्य कार्यसमितिमा उपाध्यक्षमा लक्ष्मी चौलागाईँ र रुपचन्द्र महर्जन, सचिवमा योगेन्द्र चौलागाईँ, सहसचिवमा बद्री चौलागाईँ र गणेश विक, कोषध्यक्षमा सुजन पाख्रिन तथा सदस्यमा डिगबहादुर श्रेष्ठ र स्यारोन घिसिङ हुनुहुन्छ । कार्यसमितिले दुई सदस्य पछि मनोनय गर्ने गरी अधिबेशन अन्त्य भएको छ ।

No description available.

अधिवेशनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेपाली पत्रकारिताको इतिहासलाई स्मरण गराउँदै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि पत्रकार र पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले नेपालको हरेक परिवर्तन पत्रकारविना सम्भव नभएको र प्रेस संगठनहरुले अत्यन्तै सम्मानजनक कार्य गरेको बताए । मन्त्री ज्वालाले समाजवादी प्रेस संगठन पार्टीको जनसंगठन भएकोले हरेक किसिमको साथ सहयोग रहने प्रतिवद्धतता गरे । पत्रकारिता क्षेत्रको सुधार तथा पत्रकारहरुको वृद्धिविकासका लागि सरकारको तर्फबाट हुने सहयोग गर्न तत्पर रहने बताए ।

No description available.

अधिवेशनमा समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले पत्रिकारिता क्षेत्र सधैँ अग्रगमनको पक्षमा रहेर व्यावसायिकरूपमा निष्पक्ष लेखन गर्नुपर्ने बताउँदै। सूचनाको अधिकारलाई जनतासम्म पु¥याउन प्रेसको महत्वपूर्ण भूमिका हुने हुँदा यसको स्वतन्त्रताको पक्षमा सङ्गठन सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले भन्नेभयो, भ्रष्टाचार र अनिमियतता विरुद्ध पत्रकारहरु डटेर लाग्नुपर्ने बताए । नयाँ प्रविधिको विकास संगै पत्रकारिता क्षेत्रमा देखिएको अवसर र चुनौतिबारे सचेत भएर सञ्चार क्षेत्रलाई सत्कर्मको रुपमा विकास गर्नुपर्ने बताए ।

No description available.

त्यस्तै नेकपा (एकीकत समाजवादी) का काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठले सञ्चार जगत्ले गर्ने अनुसन्धानपछि आउने समाचारले मुलुकमा भइरहेका ठूला भ्रष्टाचारका काण्ड बाहिरिएको बताउँदै यस्ता विकृतिलाई न्यूनीकरण गर्न प्रेसले खोजी गरिरहनुपर्ने विचार व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले विकास निर्माणसंगै सामाजिक परिवर्तनमा पत्रकार र पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । सरकार, राजनीतिक दलका नेताहरुलाई खबरदारी गर्ने र सचेत गराउन पत्रकारहरुले निश्पक्ष ढंगले कलम चलाउनुपर्ने बताए । पार्टीको सुद्धीकरण अभियानसंगै समाजवादी प्रेस संगठनलाई पनि चुस्त र सक्रिया बनाउन आफ्नोतर्फबाट आवश्यक सहकार्य र सहयोग रहने प्रतिबद्धतता गरे ।

No description available.

अधिवेशनमा बोल्ने क्रममा समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले संगठनमा जमात सानो ठूलो भन्दा पनि काम गर्ने तरिका र संगठन निर्माणमा भर पर्ने बताउनु भयो । संगठन निर्माणको छोटो अवधिमा नै समाजवादी संगठनले ठूलो फट्को मारेको र आगामी दिनमा पत्रकारिता क्षेत्रको ठूलो संगठन बनाउने बाचा समेत गर्नु एको थियो । उपाध्यक्ष बिडारीले हिजोको बिज्ञापन वोर्डले निकालेको बिज्ञाप्तिको रबैया र सरकारको नीति नियमका बिरुद्ध नेपाल पत्रकार महासंघले चरणबद्ध बिरोधका कार्यक्रममा जानुपर्ने बताए ।

No description available.

साना लगानीका सञ्चारमाध्यम जिवन मरणको दोधारमा रहेको बेला सरकारले जगेर्नाका साटो विज्ञापन बोर्डले डेढ महिनाको लोककल्याणकारी बिज्ञापनको रकम नदिने निर्णय साना मिडिया धेरै पिडा हुने भएकाले यस बारेमा बिज्ञापन बोर्ड र सरकारले पुनविचार गर्नुपर्नेमा जोेड दिनुभयो । सरकारले यस्ता खालका बिडियालाई आगामी बजेटबाट दिदै आएको लोककल्याणकारी बिज्ञापनलाई थप गर्नुका साथै दोेब्दर बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । सरकार र बिज्ञापनको यस्तो खालको पोलिसिले आम मिडिया जगतलाई सिध्याउने र विस्थापित हुने नीति जस्तो भएकाले तत्काल सरकारले सच्चाउनु पर्नेमा जोड दिनुभयो ।

No description available.

प्रेस चौतारी नेपाल काठमाडौँ शाखाका अध्यक्ष मकुन्द भुसालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक गर्न सबै सङ्गठन एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । अधिवेशनलाई अन्त्य गर्दै नवनिर्वाचित कार्यसमितिका अध्यक्ष भीम लामाले समाजवादी प्रेस संगठन काठमाण्डौ. शाखालाई अझै प्रभावभारी बनाउँदै एक शसक्त र जुझारु संगठनको रुपमा रुपान्तरण गर्नुका साथै श्रमजीवी पत्रकारको हक, हित अधिकार पक्षमा सदैव क्रियाशील रहने प्रतिबद्धता जनाउँदै पत्रकारिता गर्ने पेसालाई व्यवस्थित र मार्यादित बनाउन पत्रकार स्वयंम संवेदनशील बन्नुपर्ने बताए । कुनै बहानामा पत्रकार र सञ्चारगृहमाथी हुने धम्की, अवरोध, आक्रमण लगायतका गतिविधिविरुद्ध आफु डटेर लाग्ने प्रतिबद्धतता गरे ।

No description available.

समाजवादी प्रेस संगठन नेपाल काठमाडौँ शाखाको प्रथम अधिवेशनबाट १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा सञ्चार क्षेत्रलाई मार्यादित, सुरक्षित र सुदृढिकरण गराउने अभियानलाई तिब्रताका साथ अगाडी बढाउन सञ्चार संवाद–यात्रा सञ्चालन गरिने बताएको छ । अधिवेशनले साना लगानीमा सञ्चालित स्वरोजगारमुलक मिडियाको रक्षाका लागि विशेष कार्य योजना ल्याउन केन्द्रीय सरकार र वागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको छ । त्यस्तै पत्रकारहरुको वृद्धिविकास, हकहित, प्रेस काउन्सिलले मिडियामाथी लगाउन खोजेको अंकुश, न्यूनतम पारिश्रमिक निर्धारण, विज्ञापन बोर्डले गरेको निर्णय लगायतको विषयमा विशेष चासो लिएको बताएको छ ।

No description available.

घोषणापत्रमा स्वारोजगारमूखी साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । पत्रकारिताका क्षेत्रमा सुधारका लागि १५ बुदें प्रस्ताव समेत पेश गर्नु भएको छ ।

No description available.

                समाजवादी प्रेस संगठन नेपाल काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनबाट जारी घोषणापत्र :

१. सञ्चार क्षेत्रलाई मार्यादित, सुरक्षित र सुदृढिकरण गराउने अभियानलाई तिब्रताका साथ अगाडी बढाउन सञ्चार संवाद–यात्रा सञ्चालन गरिनेछ । जसमा सञ्चार उद्यमी, श्रमजीवि पत्रकार, पेशागत पत्रकार संगठनहरुवीच एकीकृत रुपमा छलफल, बहस तथा अन्तरक्रिया पत्रकारीता क्षेत्रमा आउने चुनौतीहरु न्यूनिकरण गरिने ।

२. नेपाल पत्रकार महासंघले वितरण गरिने नयाँ सदस्यता तथा पुरनो नविकरणमा ल्याएको सुद्धीकरण अभियानलाई समाजवादी प्रेस संगठन, नेपाल काठमाडौँ शाखा स्वागत गर्दछ । सदस्यता लिएर दुरुपयोग गर्ने व्यक्ति तथा गैर पत्रकारलाई सदस्यता वितरण हुनबाट रोक्न विशेष निगारानी समेत गर्दछ ।

३. श्रमजीवी पत्रकार ऐन र ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनहरु प्रति यस अधिवेशनले पूर्ण ऐक्यवद्धता र समर्थन गर्दछ । साथै विभिन्न बहानामा सञ्चारगृहले श्रमजीवि पत्रकारहरुलाई महिनौ महिनासम्म तलब रोकिने, पेशाबाट निस्काशन गरिने, दूव्यवहार गरिने जस्ता कार्यलाई अन्त्य गर्नुपर्छ भन्ने जोडदार माग गर्दछ ।

४. यो अधिवेशनले साना लगानीमा सञ्चालित स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासंग छलफल गरी विशेष कार्य योजना ल्याउन केन्द्रीय सरकार र वागमती प्रदेश सरकारसमक्ष आग्रह गर्दछ ।

५. स्वारोजगारमूखी साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्था गर्न माग गर्दछ । हाल पत्रपकिालाई प्रदान गर्दै आइरहेको लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल सत प्रतिशत वृद्धि गर्न र अनलाइन मिडीयालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गर्दछ ।

६. नेपाल सरकार सूचना विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा आवद्ध सञ्चार माध्यममार्फत प्रकाशित समाचारमा चित्ता नबुझिएमा उजुरी दिने माध्यम हुँदाहुँदै पत्रकार र पत्रकारिता क्षेत्रलाई अवरोध सिर्जना गराउने गलत नियतले जिल्ला अदालतमा उजुरी दिने तथा उजुरी दर्ता गर्ने प्रक्रियालाई मिडिया विद्येयक संशोधन गर्न माग गर्दछ ।

७. प्रेस काउन्सिल लगायतका निकायहरुबाट वितरण हुने अवसर, पुरस्कार र अन्य सहुलियतहरुमा निश्पक्षता कायम गर्दै उक्त संस्थाको गरिमा उच्च राख्न विशेष आग्रह गर्दछ । साथै प्रेस काउन्सिलबाट प्रदान गरिने आर्थिक सहायता, उपचार खर्च, पुरस्कार, सम्मानलाई व्यवस्थित, वैज्ञानिक, पारदर्शी, भेदभावरहित तथा चाकडी र भनसुनको आधारमा नभई क्षमताको आधारमा वितरण गर्ने परिपाटी आगामी दिनमा कायम गर्न आग्रह गर्दछ ।

८. पछिल्लो समयमा स्थानीय सरकारले मिडिया सञ्चालनको अवधिदेखिको स्थानीय कर तिर्नुपर्ने जस्ता दोहोरकरमुखी प्रावधान अघि सारेकोमा यो अधिवेशन त्यसप्रति आपत्ति प्रकट गर्दै सबै सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग गर्दछ ।
९. विज्ञापन बोर्डले विभिन्न कानूनी उल्झनको बहाना बनाएर मिडियाहरुलाई दिदै आएको विज्ञापन वापतको भुक्तानी रोक्ने काम गर्दै आएको छ । त्यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्ष रहेको छ । राज्यको लगानीमा सञ्चालिनत विज्ञापन बोर्डले कार्य सम्पादन समेत गर्न नसकेको र वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापन रोक्न खोज्नु मिडियामाथी अंकुश लगाउनु हो यस विषयप्रति हामी खेद व्यक्त गर्दछौँ ।

१०. मातृभाषामा पत्रकारिता गर्नेलाई सरकारले प्रोत्साहनको व्यवस्था गर्न विशेष आग्रह गर्दछ । समावेसी संचार नीति अन्तरगत महिला, आदिवासी, जनजाति, दलित, अपाङ्गता भएका, सिमान्तकृत लगायत पिछडिएका समुदायको संचारमा पहुँच स्थापना गर्न आवश्यक नीति कार्यान्वयन ल्याउन पनि यो अधिवेशनले विशेष आग्रह गर्दछ ।

११. साना लगानीमा सञ्चालित स्वरोजगार मूलक पत्रपत्रिकाहरु अनलाइन (डिजिटल) मा मात्र प्रकाशन गर्न चाहेको खण्डमा पनि पत्रिकाले पाउँदै आएको सुविधा अनलाइनमा यथावत रुपमा उपलब्ध हुने नीतिगत व्यवस्था कायम गर्न जोडदार माग गर्दछ ।

१२. नेकपा (एकिकृत समाजवादी) का उपमहासचिव एवम् संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वाला, समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला अध्यक्ष एल्पी श्रेष्ठ, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तथा सप्रेस उपत्यका इन्चार्ज शन्तराम बिडारी लगायतका नेतृत्वगणप्रति यो समाजवादी प्रेस संगठन काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनमा प्रमुख आतिथ्यता र विशेष आतिथ्यता ग्रहण गरिदिनुभएकोमा हार्दिक आभार प्रकट गर्दै अधिवेशनले पूर्ण रुपमा सफल पार्न आफ्नो स्थानबाट महत्वूर्ण भूमिका निर्वाह गर्ने प्रतिनिधि, शुभेच्छुक तथा महानुभावप्रति विशेष कृतज्ञता प्रकट गर्दछ ।