अहिलेको सरकार नेपालीले जनताले बलजफ्ती बनाएको हो

केपी शर्मा ओली

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको बताएका छन् ।

शनिबार एमालेका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले यो सरकारलाई उपयुक्त ढंगले गाइड गर्नुपर्ने आफ्नो दायित्व भएको बताएका हुन् ।

‘‘यो नेपालीहरुले बलजफ्ती बनाएको सरकार हो । यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौं । यो सरकारलाई हामी उपयुक्त ढंगले गाइड गर्न चाहन्छौं । यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौं’ ओलीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुृसमा विश्वासको मत लिँदैछन् । त्यस दिन सबै सांसद समयमै हाजिर भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि ओलीले निर्देशन दिए ।

‘‘ पर्सि २६ गते प्रतिनिधिसभाका सदस्य साथीहरु प्रतिनिधिसभामा समयमा हाजिर हुने र मतदान गर्ने प्रतिनिधिसभामा प्रधानमन्त्री माथि विश्वास छ भन्ने कुरालाई बहुमतले पुष्टि गर्नु पर्दछ । यस काममा हामी केन्द्रित छौं ।’