संसदको पहिलो बैठकमा दलका शीर्ष नेताहरुले बोल्ने कार्य तालिका

२२ पुस, काठमाडौं । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक बस्ने भएको छ ।

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ ।

सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।