प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले परिस्थिति हेरेर विश्वासको मत दिने

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले परिस्थिति हेरेर विश्वासको मत दिने भएको छ । पार्टी सचिवालय बैठकपछि बोल्दै पार्टी प्रचार विभाग प्रमुख खतिवडाले सबै परिस्थितिको आकलन गरेर मात्रै विश्वासको मत दिने नदिने निर्णय हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् । एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन । सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रालय भागवण्डा लगायत विविध विषयमा ख्याल गरेर मात्रै विश्वासको मत दिने तयारी गरेको हो ।

यसैबीच रातोपाटीसँग कुरा गर्दै खतिवडाले भने, ‘सरकारलाई समर्थन गर्ने नगर्ने भन्नेमा धारणा बनाउनै परेन ।’ साथै उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालबीचको भेटलाई ‘निजी भेट’, भन्दै विश्वासको मत दिनेबारे पार्टीले कुनै निर्णय नगरेको दोहोर्याए ।