विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले गार्ड अफ अनर प्रदान गरेको छ।
विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले उच्च सम्मान गरेको हो।
गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ।
घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा नेइमारसहित सहकर्मी खेलाडीहरुले उभिएर मेसीलाई सम्मान गरेका गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरेका थिए।
पीएसजीकै सहकर्मी खेलाडी तथा फ्रेन्च फर्वाड किलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित थिए।
प्रशिक्षणमा फर्किएपछि मेसीले आफूलाई गरेको स्वागतका लागि क्लबलाई धन्यवाद दिए।
‘म सबै कर्मचारी, मेरो टोलीका साथीहरूबाट मलाई दिएको सम्मानको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। म खुसी छु, र आगामी चुनौतिको लागि तयार हुनेछु,’ उनले भने।